Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

सभापति देउवा भन्छन् :‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन’

सभापति देउवा भन्छन् :‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन’

  • काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दाउमा नरहेको दाबी गरेका छन् । शनिवार बिहान आफ्नो निवास बुढानिलकण्ठमा आयोजित एक पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले आफूलाई प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै रेसमा नभएको समेत बताएका हुन् ।

    images
    images
    images

    जनताले कांग्रेसलाई प्रतिपक्षीमा बस्ने अधिकार दिएको बताउँदै प्रमुख प्रतिपक्षी वेटिङ प्राइमिनिस्टर भएको बताए । ‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको ‘प्राइममिनिष्टर इन वेटिङ हो’, तर म त्यसमा पनि छैन हेर्नुस् । मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन। यस्तामा लाग्नु पनि छैन।’ सभापति देउवाले भने ।

    images

    संसद पुनर्स्थापनापछि कांग्रेुस सरकारमा जान लागेको भन्ने हल्लाकाबीच सभापति देउवाले स्पष्ट पारेका हुन् । शनिवार बिहान सभापति देउवा निवासमा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरको महाकाण्ड नामक पुस्तक विमोचन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij