
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहप्रति कटाक्ष गरेका छन् । शुक्रबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको तीनबुँदे सहमतिपत्रमा हस्ताक्षरपछि बोल्दै उनले आफूले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नराखेको बताए ।
“केही मान्छेहरु देशलाई बर्बादै पार्न लागेका छन् । संसदीय दलको नेताको बैठक गर्दैछन्र भन्ने सुन्याथेँ । कुन दलको बैठको हो, थाहा छैन । दलको नेता म यहाँ छु,” उनले भने । प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहका नेताहरु देखेर अचम्म लाग्ने पनि बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij