Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

बढ्दै सेयर बजारमा सक्रिय लगानीकर्ता, अनलाइन कारोबार गर्ने साढे ४ लाख पुगे

बढ्दै सेयर बजारमा सक्रिय लगानीकर्ता, अनलाइन कारोबार गर्ने साढे ४ लाख पुगे

  • काठमाडौं । अनलाइन सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या करिब साढे ४ लाख पुगेको छ । फागुन तेस्रो साता सेयर कारोबारका लागि अनलाइनको युजर पासवर्ड लिने लगानीकर्ताको संख्या चार लाख ४५ हजार ३५३ पुगेको नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले जनाएको छ । पछिल्लो दुई सातामा मात्रै करिब ७० हजारले अनलाइन सेयर कारोबारका लागि युजरनेम र पासवर्ड लिएका छन् । फागुन ९ गते अनलाइन कारोबारका लागि युनजरनेम र पासर्वड लिने लगानीकर्ताको संख्या तीन लाख ७६ हजार २६१ रहेकामा आज फागुन २१ गतेसम्म करिब २ सातमा ६९ हजार ९२ ले बढेको हो ।

    images
    images
    images

    यस्तै दोस्रो बजारको सक्रिय लगानीकर्ताको संख्या पाँच लाख ९४ हजार ८७९ पुगेको नेप्सेले जनाएको छ । फागुन ९ गते ५ लाख ५० हजार ४०९ रहेको दोस्रो बजारको सक्रिय लगानीकर्ताको संख्या दुई नबित्दै ४४ हजार ४४७० ले बढेका छन् । यसले सेयरको दोस्रो बजार कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य बढ्दै गएको देखाउँछ । अनलाइनको युजरनेम पासर्वड लिने सक्रिय लगानीकर्ताको संख्या दुई लाख २२ हजार ५६९ पुगेका छन् १२ दिनअगाडि फागुन ९ गते यस्तो लगानीकर्ताको संख्या एक लाख ९५ हजार ९८९ रहेको थियो ।

    images

    अनलाइन सेयर कारोबारका लागि सबैभन्दा धेरै युजरनेम पासवर्ड वितरण गर्नेमा नासा सेक्युरिटिज कम्पनी ब्रोकर नम्बर ५८ देखिएको छ । ५८ नम्बर ब्रोकरबाट ४१ हजार ९०२ लगानीकर्ताले अनलाइन युजर र पासवर्ड लिएका छन् । सक्रिय लगानीकर्ता र सक्रिय अनलाइन लगानीकर्ता भएको ब्रोकर पनि नासा नै भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । नासामा आबद्ध सक्रिय लगानीकर्ताको संख्या ३१ हजार १८४ र सक्रिय अनलाइन लगानीकर्ताको संख्या भने २१ हजार १८५ छ ।

    सबैभन्दा कम लगानीकर्ता भने सगरमाथा सेक्युरिटिजमा आबद्ध छन् । सगरमाथामा ७७९ लगानीकर्ताले अनलाइन युजर आईडी र पासवर्ड लिँदा ४ हजार २० सक्रिय लगानीकर्ता ३८७ सक्रिय अनलाइन लगानीकर्ता छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij