Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

पोखरामा प्रधानमन्त्री ओलीलाई नेविसंघले देखायो कालो झण्डा

पोखरामा प्रधानमन्त्री ओलीलाई नेविसंघले देखायो कालो झण्डा

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउने नेपाल विद्यार्थी संघ(नेविसंघ) का विद्यार्थीहरु पक्राउ परेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ताहरुलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका विद्यार्थीहरुले नदिपुरमा कालो झण्डा देखाएका थिए । सो क्रममा नेविसंघका विद्यार्थी नेताहरु प्रताप बाँनिया, असिम सुवेदी, सन्देश ठकुरी र रमेश चन्द जैसीलाई प्रहरीले पक्राउ परेका हुन् ।

    images
    images
    images

    नेविसंघले सोमवार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाइको माग गरेको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमस्थलबाटै नियन्त्रणमा परेका नसिब गुरुङलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ ।

    अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको धज्जी उडाउँदै प्रतिगमनको मतियार बन्न खोजेको आरोप लगाएका छन् ।

    nsss.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij