
Apr 24 2025 | २०८२, वैशाख ११ गते
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले सञ्चारमाध्यम एवं पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा निकट प्रेस संगठन नेपालका इञ्चार्ज भट्टराईले हेटौँडामा आयोजित संगठनको दोस्रो प्रादेशिक भेलालाई आज (सोमवार) सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय क्रमशः मुनु सिग्देल र ओम ग्लानले पत्रकार पूर्ण स्वतन्त्र र राज्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । प्रेस संगठनका सहइञ्चार्ज ओम शर्मा र सहसंयोजक विष्णु रिजालले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij