
Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं । झापा जिल्लाको कनकाई नगरपालिका-३ सुरुङ्गा टप्पु क्षेत्रमा एक एकल महिलामाथि सामुहिक बलात्कार भएको छ । ३१ वर्षिया ति महिलालाई कनकाई नगरपालिका-४ का २८ वर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० वर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर घाईते बनाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
ति महिलाको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रामेश थापाले लोकपथलाई बताए । उनीहरुले बलत्कार मात्रै नभई टोक्ने र हिर्काउदा महिला घाइते भएकी छिन् । महिलाको हाल उपचार भइरहेको डीएसपी थापाले बताए ।
बलत्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij