Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

सखुवानन्कारकट्टीमा झण्डा महोत्सव

सखुवानन्कारकट्टीमा झण्डा महोत्सव

  • लहान । राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा  यही फागुन १५ गतेदेखि २४ गतेसम्म झण्डा मेला महोत्सव हुने भएको छ । 

    images
    images
    images

    ‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घरायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । 

    images

    सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृतसमेत गरिने छ । महोत्सवमा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा लैङ्गिक हिंसासम्बन्धी जनचेतना दिलाइने छ । महोत्सवमा १०० कक्ष रहने बताइएको छ । सूर्यचन्द्राङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव नामकरण गरिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij