Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

ओछ्यानबाटै बेपत्ता दम्पतीको अझै लागेन पत्तो : के भन्छ प्रहरी ?

ओछ्यानबाटै बेपत्ता दम्पतीको अझै लागेन पत्तो : के भन्छ प्रहरी ?

  • जलेश्वर । चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा गत सोमबार राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।

    images
    images
    images

    बुढाबूढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरुको ओछ्यान र चौकसमा रगतका छिट्टा देखिनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले मङ्गलबार बिहानैदेखि व्यापकरुपमा खोजतलास गरिहेको जनाएको छ । प्रहरीले गाउँको चारैतिरको वन चौर, झाडी, खोलानाला र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको बताएको छ ।

    images

    वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको हुन सक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् । उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जनालाई झिकाई आवश्यक सोधपुछ गरिसक्दा पनि कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij