Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

पर्यटकको आकर्षण बन्दै छहरा झरना

पर्यटकको आकर्षण बन्दै छहरा झरना

  • डोटी। विमलबहादुर विष्ट, माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरूङ्गीको चिरविर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिदैन र रु

    images
    images
    images

    यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रको रुपमा विकसित हुँदै गएको छ । हिजोआज यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ । 

    images

    जिल्लाभित्रकै मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासी बताउँछन् । कोभिड–१९ जोखिम घटेसँगै अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको जोरायल गाउँपालिका–२ पात्तडाका स्थानीयवासी रोहित बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना कहर पनि घट्दै गएपछि अहिले झरनामा रमाउन दिनहुँ सयौँ पर्यटक आउन थालेका छन्, पर्यटक आउन थालेपछि पूरै छहरा क्षेत्र रमणीय बन्दै गएको छ ।”

    छहरा अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयवासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिनुभयो । उक्त क्षेत्रमा पछिल्लो समय छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था गरिएपछि पर्यटक दिनहुँ बढ्न थालेका हुन् । 

    छहरा क्षेत्रमा रमाउनका लागि अहिले दैनिक सयौँ नागरिक आउने गरेको अर्का स्थानीयवासी सिद्ध जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, “छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले पर्यटकलाई आकर्षित गराउन विभिन्न नयाँनयाँ काम तथा साहसिक खेलको पनि शुरुआत गरेकाले अहिले छहरा पर्यटकको प्रमुख आर्कषणको केन्द्र बन्न पुगेको ।” झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयवासीले झरना, प्याराग्लाइडिङ तथा क्यानोइङ गरेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन् । 

    images

    विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले सामाजिक सञ्जालका कारण सबैको मुखमुखमा झुण्डिदै गएको बुडरका स्थानीयवासी लोकबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउने खेल पनि शुरु भएका छन्, यसको प्रचारप्रसारका लागि सबैले सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।” नाम मात्रै सुनेका र झरनाको तस्वीर मात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका स्थानीयवासी बताउँछन् । 

    जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीन÷चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ । कतिपय युवा समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने तथा एक दुई दिन त्यही बसेर रमाइलो गरी फर्किने गरेको बताइएको छ । पर्यटक आउने तथा एक दुई दिन त्यहाँ बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटेल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटेल व्यवसायी विजय गाहामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले यहाँका होटेल सुनसान थिए, छहरा झरना अवलोकन तथा भ्रमणका लागि आउने पर्यटकका कारण अहिले यहाँका होटेल व्यवसाय फस्टाएको छ ।”

    छहरा क्षेत्रमा पर्यटक आउने क्रम बढेपछि हालसम्म उक्त क्षेत्रमा पुग्न कालोपत्र सडक नहँुदा समस्या हुने गरेको बताइएको छ । जोरायल गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था भने गरेको छ । कच्ची सडक र पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ । यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्ययाउनका लागि सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “भनेकै बेला सडक कालोपत्र गर्न सकिँदैन । तर पनि पर्यटकीय क्षेत्रका सडक सुधार तथा विस्तारका लागि गाउँपालिका लागि परेको छ, छिट्टै यहाँका सडक ग्राभेल गरिने छ ।” 

    छतिवनसहित जिल्लामा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक र बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ । बाह्य पर्यटक बढेपछि आर्थिक अवस्थालगायतका क्षेत्रमा सुधार हुने निकै सम्भवना रहेको पर्यटक व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij