
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । एक महिना लामो अमेरिका बसाईपछि नेपाल फर्किएकी अभिनेत्री वर्षा सिवाकोटीले फिल्म ‘परदेशी २’ को छायांकन सुरु गरेकी छन् । बिहीवारबाट उनले फिल्मको सुटिङ सेट ज्वाइन गरेकी हुन् । मंसिर ११ गतेदेखि फिल्मको पाल्पाबाट छायांकन सुरु भएको थियो । पाल्पाको छायांकन सकेर निर्माण टिम बुधवार चितवन फर्किएको छ । पाल्पामा भएको छायांकनमा वर्षाको सिन थिएन ।
आठ महिनापछि फिल्मको सेटमा फर्किन पाएकोमा उनले खुसी व्यक्त गरेकी छन् । निषेधाज्ञा खुकुलो भएपछि विभिन्न म्यूजिक भिडियोमा काम गरेकी उनी लकडाउनभन्दा अगाडि ‘परदेशी २’ कै छायांकन गरिरहेकी थिइन् । अब यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको निर्देशक नारायण रायमाझीले बताएका छन् । चितवनपछि फिल्मको केही सिन जनकपुरमा खिचिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij