Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

‘विपद् व्यवस्थापन स्वयमसेवक पुनर्ताजगी तालिम’

‘विपद् व्यवस्थापन स्वयमसेवक पुनर्ताजगी तालिम’

  • ललितपुर महानगरपालिकासँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली ललितपुरले सञ्चालन गरेको ७ दिने ‘विपद् व्यवस्थापन स्वयमसेवक पुनर्ताजगी तालिम’ सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण परिसरमा आयोजित एक समारोहबीच सो तालिम सम्पन्न भएको हो । 

    onlinepatrika
    Arghakhachi


    सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाङ्गफेले २०८२ सालमा सञ्चालन भएको १८ कार्यदिनको ‘समुदाय विपद् स्वयमसेवक तालिम’ मा सहभागी भएका स्वयमसेवकहरुलाई समय सापेक्ष पुनर्ताजगी गराउने उद्देश्यले सो तालिम सञ्चालन गराएको बताए । 

    AGNI GROUP


    ललितपुर महानगरपालिकाको विभिन्न वडाहरूबाट प्रतिनिधित्व गरी तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई तालिमको दौरानमा विपद्को परिचय, नेपालमा हुन सक्ने विपद्का घटना, सरोकारवाला निकायसँग गरिने समन्वय, भत्केका संरचनामा गरिने खोज तथा उद्धार, जलोत्पन्न विपद् र त्यसमा गरिने उद्धार, डोरीबाट गरिने उद्धारलगायतका विषयमा तालिम दिइएको थियो । 


    यसैगरी, ललितपुर महानगरपालिकाका २४ जना नगर प्रहरीलाई समेत सशस्त्र प्रहरी बल, नेपाल नं.२१ गणको आयोजनामा Water Rescue Refresher Training सञ्चालन गरिएको छ । 

    कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका नगरप्रमुख महर्जनले विपद् व्यवस्थापनमा समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्न यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने बताउँदै आगामी दिनमा समेत सशस्त्र प्रहरी बल, नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरे । उनले विपद् जोखिम न्यूनीकरणमा ललितपुर महानगर सचेत रहेको समेत बताए । 

    gana.png

    सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण दक्षिणकाली, ललितपुरसँगको यो सहकार्य र सम्बन्ध अझै प्रभावकारी र निरन्तर रहोस् भन्ने उद्देश्यले महानगरपालिकाबाट गणलाई केही विपद् सामाग्रीहरू समेत हस्तान्तरण गरिएको छ । कार्यक्रमका विशिष्ट अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठले यस्तो किसिमको तालीमले समुदायका नागरिकहरूमा विपद् सम्बन्धी ज्ञान र सीपको विकास हुने बताए । उनले जुनसुकै विपद्को समयमा समुदायका नागरिकहरू नै पहिलो उद्धारक हुने भएकाले यस्तो तालिमको औचित्य अझै बढी रहेकोसमेत बताए ।

    सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाङ्गफेले २०८२ सालमा सञ्चालन भएको १८ कार्यदिनको ‘समुदाय विपद् स्वयमसेवक तालिम’ मा सहभागी भएका स्वयमसेवकहरुलाई समय सापेक्ष पुनर्ताजगी गराउने उद्देश्यले सो तालिम सञ्चालन गराएको बताए । 

    उनले तालिमको उद्देश्य र उपलब्धि प्रस्तुत गर्दै सहभागीहरूलाई प्राकृतिक तथा मानवीय विपद्का अवस्थाहरू बुझ्न, मूल्यांकन गर्न, तयारी गर्न तथा उद्धार र राहत कार्यमा व्यावहारिक सीप प्रदान गरिएको जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij