Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्री निशा मेहतासँग एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक आर्नो काउचोइसले सोमबार शिष्टाचार भेट गरेका छन्।
खानेपानी मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
भेटवार्तामा स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा हाल भइरहेका क्रियाकलाप र आगामी कार्यक्रमबारे छलफल भएको उनले बताए।
साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष एवं भविष्यका सम्भावनाबारे छलफल भएको उनले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij