Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उद्धारकर्ताको सम्मानले मात्र मनोबल उच्च बनाउँछ : आईजीपी अर्याल

उद्धारकर्ताको सम्मानले मात्र मनोबल उच्च बनाउँछ : आईजीपी अर्याल

  • काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई अब केवल ‘तयारी’मा मात्र सीमित नराखी ‘तत्काल परिचालन’को रणनीतिमा लैजाने घोषणा गरेका छन् । कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    जोखिमयुक्त कार्यमा खटिने सशस्त्र प्रहरीका लागि सरकार र संगठनले कल्याणकारी योजनाहरू थप गरेको जानकारी दिए । आईजीपी अर्यालले गोताखोर र जोखिमयुक्त ड्युटीमा खटिने कर्मचारीको बिमा सुविधा वृद्धि गरिएको बताए । “नेपाल सरकारको १० लाख र नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा थप २५ लाख गरी अब कुनै दुर्घटना भएमा पीडित परिवारले ३७ लाख रुपैयाँसम्म पाउने व्यवस्था सुनिश्चित गरिएको छ,” उनले भने । 

    AGNI GROUP

    यस्तै, उद्धारका क्रममा ज्यान गुमाउनेहरूलाई ‘विपद् सहिद’ घोषणा गर्न सरकारसमक्ष प्रस्ताव पठाइएको र त्यसमा सरकार सकारात्मक रहेको उनले बताए । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन इकाईले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाएको उल्लेख गर्दै अर्यालले ‘कुरिनटार’ र ‘गोताखोर’ शब्द एकअर्काको पर्यायवाची जस्तै बनेको उल्लेख गरे । “आफ्नो ज्यान जोखिममा पारेर अरूको ज्यान बचाउने उद्धारकर्ताहरूलाई समाज र जनप्रतिनिधिले सम्मान गर्नुपर्छ,” उनले भने “बर्दी लगाएका यी उद्धारकर्ताहरूलाई दिइने सम्मानले नै उनीहरूको मनोबल उच्च बनाउँछ ।”

    शव निकाल्नका लागि अर्को जीवित सासलाई जोखिममा पार्नुअघि समाजले पनि धैर्यता र सचेतना देखाउनुपर्ने उनको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij