Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

परराष्ट्रमन्त्री खनाल भेट्न चिनियाँ राजदूत सिंहदरबारमा

परराष्ट्रमन्त्री खनाल भेट्न चिनियाँ राजदूत सिंहदरबारमा

  • काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ। राजदूत झाङले आज मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    भेटका क्रममा दुई देशबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विविध पक्षमा छलफल भएको पराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

    AGNI GROUP

    मन्त्री खनालले नेपालको आर्थिक र सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

    राजदूत माओमिङले पनि आफ्नो कार्यकालमा नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास दिलाए।

    मन्त्री खनालसँग हिजो भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेटवार्ता गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij