Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन कांग्रेस-एमाले गठबन्धन सरकारले भागबण्डामा नियुक्त गरेका राजदूतलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो।
भारतका लागि नेपालका राजदूत डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका राजदूत कपिल श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय बर्तमान सरकारले गरेको हो।
उनीहरूलाई एक महिनाभित्र फिर्ता हुन भनिएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयले सोमबारै चिठी लेखेर उनीहरूलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन दिएको हो। उनीहरू तत्कालीन केपी ओली नेतृत्वको सरकारको पालामा एमाले र कांग्रेसबीचको भागबण्डाबाट राजनीतिक आधारमा राजदूत नियुक्त भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij