Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । थाइल्याण्डमै जन्मेकी पाचौं पुस्ताकी अमरा राई नेपाली मूलका मानिसहरुको संगठन एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) थाइल्याण्ड कमिटी अध्यक्ष चयन भएकी छन्।
मार्च २९ गते आइतबार अपरान्ह बैंककमा आयोजित एक कार्यक्रममा थाइल्याण्डमै जन्मेका र पुस्तौंदेखि थाइल्याण्ड र वर्मामा बसोबास गरिरहेका नेपालीहरूको सहभागिता रहेको थियो। स्थानीय नेपालीहरूसँगको छलफल, नेपाली सांस्कृतिक प्रस्तुति र कमिटी गठन गरी तीन चरणमा कार्यक्रम सम्पन्न भएको थियो।
सो कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरूमा पुस्तान्तरण गर्ने एएनओको अभियानले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे। उनले स्थानीयस्तरका नेपाली संस्थाहरूसँग सहकार्य गर्दै नेपाली भाषा, संस्कृतिको कामलाई अघि बढाउन सुझाव दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij