Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मध्यपूर्वमा चलिरहेको युद्धबारे दलाई लामाले के भने ?

मध्यपूर्वमा चलिरहेको युद्धबारे दलाई लामाले के भने ?

  • काठमाडौं। निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर जारी संघर्षहरू अन्त्य गर्न अपिल गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    दलाई लामाले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत लेख्दै सबै प्रमुख धर्महरूको सन्देश एउटै रहेको बताएका छन्।

    AGNI GROUP

    “हामी ईसाई धर्म, बौद्ध धर्म, इस्लाम, हिंदू धर्म, यहूदी धर्म वा संसारका कुनै पनि महान आध्यात्मिक परम्परालाई हेर्दा सन्देश सधैं एउटै हुन्छ-प्रेम, करुणा, सहनशीलता र आत्म–अनुशासन,” उनले लेखेका छन्।

    उनले इतिहासले हिंसाले थप हिंसा मात्र जन्माउने र स्थायी शान्तिको आधार बन्न नसक्ने कुरा पटक–पटक देखाएको उल्लेख गरेका छन्।

    दलाई लामाले कुनै पनि संघर्षको स्थायी समाधान संवाद, समझदारी र आपसी सम्मानमा आधारित हुनुपर्ने बताए। उनले विशेष रूपमा मध्यपूर्व र रूस–यूक्रेन बीचको द्वन्द्वको सन्दर्भ उल्लेख गर्दै यस्ता उपाय आवश्यक रहेको बताएका छन्।

    “म प्रार्थना गर्छु र आग्रह गर्दछु कि हिंसा र संघर्ष चाँडै अन्त्य होस्,” उनले भनेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij