Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउँदै

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउँदै

  • काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी रहेको बताउँदै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको थियो ।

    AGNI GROUP

    दुवैको रिटमाथि बहस सकिएको छ । आदेश आउने चरणमा छ,” ओलीलाई थुनामुक्त गर्न बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने ।

    ओलीको हकमा उनकी पत्नी राधिका शाक्य र लेखकको हकमा उनकी पत्नी यशोदा लेखकले आइतबार भिन्नाभिन्नै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएका थिए ।

    गत भदौ २३ र २४ गते भएको घटनामा भएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक चैत १४ गते भक्तपुरस्थित निवासबाट अनुसन्धानका लागि पक्राउ परेका थिए ।

    दुवैजनालाई जिल्ला अदालत, काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न माग छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij