Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

  • काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सोमबार सुनुवाइ हुँदैछ । 

    onlinepatrika
    Arghakhachi

    गैरकानुनीरूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको हो । 

    AGNI GROUP

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि उनीहरूलाई शनिबार पक्राउ गरिएको थियो । पक्राउपछि पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट राधिका शाक्य र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखकले आइतबार बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । 

    आइतबार जिल्ला अदालतले उनीहरू दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद दिइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij