Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आवको बजेटमा नेपालको आर्थिक र शासकीय मार्गचित्रमा ठोस परिवर्तन गर्ने बताएका छन् । शुक्रवार अर्थमन्त्रीको पदभार ग्रहणपछि वाग्लेले यस्तो बताएका हुन् ।
उनले भने,‘विगतका वर्ष जसरी आर्थिक राजकाज आउने बजेट यसपालि आउँदैन । हामी आगामी जेठ १५ को बजेटमार्फत आर्थिक राजकाजको जहाजलाई मोड्न चाहन्छौँ। अब रूपान्तरणसहित नयाँ बजेट आउनेछ ।’
विगतका वर्षहरूमा राजनीति खर्चिलो हुँदा नीतिगत, संस्थागत र विशिष्ट वर्गको कब्जा मौलाएको बताउँदै मन्त्री वाग्लेले अब त्यस्तो अवस्था नरहने दाबी गरे । उनले भने,’भ्रष्ट राजनीतिको आडमा गरिने नीतिगत भ्रष्टाचार र ‘पोलिसी क्याप्चर’ को युग अब सकिएको छ। अब आउने ऐनहरू कुनै निहित स्वार्थ वा ‘रेन्ट सिकिङ’का लागि हुने छैनन्, बरु देशको हितका लागि हुनेछन्।’
मध्यपुर्व तनावले पारेको असरबारे समाधान गर्ने उनले प्रतिवद्धता जनाए । वाग्लेले भने, ‘अहिले मध्यपुर्वमा वार भैरहेको छ । यसको असर नेपालमा अल्पकालिन, मध्यमकालिन र दिर्घकालिन देखिनेछन् । यसको समाधानको खोजी गर्नेछु ।’
अर्थतन्त्रका केही सुचकहरु सकारात्मक भएपनि सन्तुष्ट नहुने बताउँदै अर्थमन्त्री वाग्लेले अगाडि भने,‘मुलुकमा बाह्य चुनाौतीसंगै आन्तरिक चुनौति पनि छन् । अर्थतन्त्रको शिथिलताबाट कसरी बाहिर निस्किने भन्ने चिन्ता छ । यधपी केहि कुराहरू अनुकुल पनि छन् ।’
मन्त्री वाग्लेले जनताले प्रत्यक्ष भोग्नुपर्ने सास्ती हटाउनु नै सरकारको मुख्य प्राथमिकता रहेको बताए । आजै नेपाली जनताले घुस खुवाउनु नपर्ने र लाईन बस्नु नपर्ने लगयतका जनतासंग प्रत्यक्ष प्रभाव पर्ने कामबारे निर्णय गर्ने उनले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij