Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सदनमा नयाँ विधायक

सदनमा नयाँ विधायक

  • काठमाडौँ। प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्य अधिकांश नयाँ अनुहारका छन्।

    onlinepatrika
    Arghakhachi

    गत २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईपटक बढी निर्वाचित हुने सांसद भएका छन्।

    AGNI GROUP

    यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका नेतृत्वबाहेक निर्वाचनमा सहभागी अन्य दलका शीर्ष नेतृत्वलाई सदनमा देखिने छैनन्। निर्वाचनमा १८२ सदस्य विजयी भएको रास्वपामा यसपटक १४ जना सांसद दोहोरिएका छन्।

    पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले यसअघि पनि सदनमा थिए। यसैगरी दोहोरिने सांसदहरुमा इन्दिरा राना मगर, अमरेशकुमार सिंह, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, निशा डाँगी, मनीष झा र तोसिमा कार्की छन्।

    उनीहरू प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्। यस निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका ३८ जना सांसदमध्ये आठ सदस्य दोहोरिएका हुन्।

    सांसदहरू अजुर्ननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, जनक गिरी, चन्द्रमोहन यादव, टेकबहादुर गुरुङ, योगेश गौचन थकाली, चन्द्रमोहन यादव र अभिषेकप्रताप साह यसअघि पनि सांसद थिए।

    नेकपा एमालेका २५ जना निर्वाचित सांसदमध्ये रामबहादुर थापा, पद्मा अर्याल, यज्ञबहादुर बोगटी, गणेशसिंह ठगुन्ना, मोहम्मद इस्तियाक राई, लक्ष्मीप्रसाद पोखरेल र सुहाङ नेम्वाङ दोहोरिएका हुन्।

    नेकपाको निर्वाचित १७ मध्ये पुष्पकमल दाहाल, मातृकाप्रसाद यादव, वर्षमान पुन, धनबहादुर बुढा र महेन्द्रबहादुर शाही दोहोरिएका हुन्। राप्रपाका तर्फबाट पाँचजना सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह दोहोरिएका छन्। उनी राप्रपाका तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij