Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लेबनान र यूएईमा तनावः बेरूतमा हमला, अष्ट्रेलियाली सैन्य बेस नजिक क्षेप्यास्त्र खस्यो

लेबनान र यूएईमा तनावः बेरूतमा हमला, अष्ट्रेलियाली सैन्य बेस नजिक क्षेप्यास्त्र खस्यो

  • काठमाडौं । लेबनानले जानकारी दिएको अनुसार राजधानी बेरूतमा भएको हवाई हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

    onlinepatrika
    Arghakhachi

    घाइतेहरूको अवस्था बारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

    AGNI GROUP

    यसैबीच, यूएईमा रहेको अष्ट्रेलियाको सैन्य बेस नजिक पनि तनावपूर्ण घटना भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले पुष्टि गर्दै बताए अनुसार, इरानबाट प्रक्षेपित एक क्षेप्यास्त्र आज बिहान ९ः१५ बजे अल मिन्हाद सैन्य बेस नजिक खसेको हो।

    प्रधानमन्त्री अल्बनीजका अनुसार उक्त घटनामा कुनै पनि अष्ट्रेलियाली सैनिक घाइते भएका छैनन् र सबै सुरक्षित रहेका छन्। तर, प्रोजेक्टाइल बेसतर्फ जाने सडकमा खसेर आगलागी हुँदा नजिकैको एक आवासीय भवन र एक मेडिकल सेन्टरमा सामान्य क्षति पुगेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij