Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी नायब उपरीक्षक किशोर लम्साललाई २०८२ फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
विभागीय मूल्य-मान्यता तथा आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्यनिर्वाह गरेका आधारमा उनलाई सम्मान प्रदान गरिएको हो।
लम्सालले २१ फागुनको निर्वाचनका क्रममा झापा ५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यस्तै फागुनमा दर्ता भएका ३५ मध्ये ‘जेन–जी आन्दोलन’सँग सम्बन्धित १० मुद्दा फर्स्योट गर्न भूमिका खेलेका थिए।
साथै विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ गर्नसमेत उनको भूमिका महत्त्वपूर्ण रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij