Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : सुजाता कोइराला

नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : सुजाता कोइराला

  • काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताएकी छिन् ।​ 

    onlinepatrika
    Arghakhachi
    पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताएकी हुन् ।

    नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औंल्याइन् ।

    AGNI GROUP

    उनले कांग्रेस सभापति गगन थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताइन् ।​

    नेत्री कोइरालाले कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

    पार्टीको हरेक संरचनामा युवा सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij