Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पितृ शोकमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल गुन्डु पुगेका छन् ।
खनालले त्यहाँ पुगेर ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij