Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

डा. वाग्लेले गरे निर्वाचन खर्च विवरण सार्वजनिक

डा. वाग्लेले गरे निर्वाचन खर्च विवरण सार्वजनिक

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले निर्वाचनमा २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् । जसमा मनोनयन दर्ता गर्न १० हजार, मतदाता नामावली खरिद गर्न ३ हजार, प्रचार प्रसार सामग्री तथा खरिद र प्रिन्टमा ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च गरेका छन् ।

    AGNI GROUP

    निर्वाचनमा विद्युतीय प्रचार प्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ खर्च गरेका छन् । वाग्लेले ४२ वटामा कार्यालय सञ्चालन गर्न ४ लाख २० हजार, ६९ मतदान केन्द्रमा बुथ परिचालन गर्न ३ लाख १९ हजार ३००, १५ दिनका लागि सवारी तथा इन्धनमा ४ लाख ५० हजार खर्च गरेका छन् ।

    यस्तै खाना, खाजा र अस्थायी बसोबासका लागि ३ लाख ४८ हजार ९०० रुपैयाँ र विविध शिर्षकमा १ लाख ४० हजार ७९२ रुपैयाँ खर्च गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij