Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एमालेका महासचिव शंकर पोखरेलको चुनाव खर्च कति ?

एमालेका महासचिव शंकर पोखरेलको चुनाव खर्च कति ?

  • काठमाडौं । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले पेश गरेको खर्च विवरण अनुसार, मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ । सवारी साधनमा ३ लाख ५० हजार, सवारी इन्धन (घोडा प्रयोग

    AGNI GROUP

    गरिएकोमा दाना समेत) ३ लाख, प्रचार प्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी/अन्तरक्रिया १ लाख ५० हजार, अन्य प्रचार प्रसार, छापा एवं

    विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गरिएको छ ।

    प्रत्येक उम्मेदवारले आफूले चुनावमा खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ । सोही अनुसार, आयोगमा उम्मेदवारहरूले विवरण पेश गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij