Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लोडसेडिङ अन्त्य गरेर जनताको मन जितेपनि मत जित्न सकिएन- कुलमान घिसिङ

लोडसेडिङ अन्त्य गरेर जनताको मन जितेपनि मत जित्न सकिएन- कुलमान घिसिङ

  • काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालै सम्पन्न चुनावको परिणामप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्दै मतदाता, समर्थक र शुभेच्छुकप्रति हार्दिक धन्यवाद दिएका छन् । उनले भ्रष्टाचार र अनियमितताविरुद्ध उठेको जनआवाजपछि नयाँ शक्तिको रूपमा उदाएको पार्टीप्रति देशभरि माया, विश्वास र आशा देखाउने सबैले मतदान गर्नु भएकोमा विशेष कृतज्ञता व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष घिसिङले चुनाव अभियानमा अहोरात्र खटिएका पार्टीका नेता, कार्यकर्ता र सहयोगीप्रति आभार व्यक्त गर्दै विषम परिस्थितिमा चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिएका प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति पनि धन्यवाद व्यक्त गर्दै यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र थिएन, यो भ्रष्टाचार, अनियमितता र अकर्मण्यताको विरुद्ध उठेको जनआवाजको परिणाम भएको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    घिसिङले देशलाई नाराले होइन, दृष्टिकोण, योजना र कार्यसम्पादन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउदै विकासको गतिविहीनता र निर्णय क्षमता कमजोर भएको कारण देशका धेरै योजना अलपत्र परेको, पुल निर्माणमा १५ वर्ष लाग्ने र ठेक्का लिएर पनि काम नगर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

    घिसिङले आफुले करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत् हाल ९९ प्रतिशत घरधुरीमा पुर्‍याइएको र नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलाइएको बताए ।

    उनले पार्टी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएपनि लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जिते पनि मतमा जीत हासिल गर्न नसकेको बताएका छन् । उनले चुनावमा हारलाई प्राविधिक विषय मात्र भएको बताउदै छोटो समयमै जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव पार्टीका लागि ऊर्जा र मार्गदर्शन बनेको उल्लेख गरेका छन् ।

    घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएकोमा शुभकामना व्यक्त गर्दै जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न सफल बन्न कामना गरेका छन् । साथै सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र गलत काम भए सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने प्रतिबद्धता पार्टीले राख्ने बताए । चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने उनको प्रतिबद्धता रहेको छ ।

    हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन भने समानुपातिकतर्फ पनि निराशाजनक मत पाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij