Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । काठमाडौंको कपनमा ‘करेन्ट मार्ट’ को दोस्रो रिटेल आउटलेट सञ्चालनमा आएको छ । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा लोकप्रिय ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले काठमाडौं उपत्यकाभित्र आफ्नो यो दोस्रो शाखा विस्तार गरेको हो ।
कपनस्थित रिलायन्स कलेज नजिकै आजबाट यस नयाँ शाखाको औपचारिक सुरुवात गरिएको छ । यसअघि बानेश्वरको कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलता र ग्राहकको मागलाई ध्यानमा राख्दै यो नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ ।
यस नयाँ आउटलेटको भव्य उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।
उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । नयाँ शाखा उद्घाटनको विशेष अवसरमा ग्राहकहरुका लागि मार्टमा उपलब्ध सम्पूर्ण उत्पादनहरुको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ ।
नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरुले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरु एकै छानामुनि प्राप्त गर्न सक्नेछन् ।
यहाँ लोकप्रिय करेन्ट नुडल्स (चाउचाउ) का साथै विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स, पोटाटो क्र्याकर्स, करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसलाहरु (जिरा, धनिया र रातो खुर्सानी पाउडर) उपलब्ध रहेका छन् ।
उद्घाटनका क्रममा बोल्दै ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाहले बानेश्वर शाखामा ग्राहकले देखाएको मायाले गर्दा नै अन्य स्थानमा सेवा विस्तार गर्न उत्साह मिलेको बताए । सन् २०१७ मा स्थापित यशोदा फुड्सले गुणस्तरीय र स्वादिलो उत्पादनमार्फत छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले आफ्ना उत्पादनहरु नेपालभर र विश्वका २२ भन्दा बढी देशहरुमा निर्यात गर्दै नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij