Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विपन्नको छुटदेखि नि:शुल्क उपचार जारी रहन्छ, भ्रममा नपरौं: सुनिल शर्मा

विपन्नको छुटदेखि नि:शुल्क उपचार जारी रहन्छ, भ्रममा नपरौं: सुनिल शर्मा

  • काठमाडौं । नेपाली काँग्रेसका नेता सुनिल कुमार शर्माले आफूले सञ्चालन गर्दै आएका स्वास्थ्य संस्थासम्बन्धी बजारमा फैलाइएका हल्ला र भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शर्माले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमार्फत विगतदेखि नै नागरिकलाई स्वास्थ्य सेवा र सहयोग प्रदान गर्दै आएको उल्लेख गरेका छन् । विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राखेर छुटदेखि नि:शुल्क उपचारसम्मको सुविधा दिइँदै आएको उनले बताएका छन् ।

    AGNI GROUP

    उनका अनुसार यस्ता सेवा र सुविधा देशका विभिन्न स्थानमा सम्बन्धित वडामार्फत उचित प्रक्रिया र आधिकारिक माध्यमबाट उपलब्ध गराइँदै आएको छ । नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा पुर्‍याउने प्रयास निरन्तर भइरहेको पनि उनले बताएका छन् ।

    शर्माले चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । समाज र राष्ट्रप्रतिको दायित्वलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता सेवा र सहयोगका कार्यक्रम देशभर निरन्तर सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।

    साथै उनले बजारमा फैलाइएका हल्ला र भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थासँग आबद्ध प्रतिनिधिसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार सेवा लिन पनि उनले अनुरोध गरेका छन् ।

    शर्मा हालै सम्पन्न निर्वाचनमा मोरङ– ३ बाट उम्मेदवार बनेर रास्वपाका उम्मेदवारसँग पराजित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij