Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

धनुषा- १ बाट नेकपाका यादवले पाए चुनाव जितेको प्रमाणपत्र

धनुषा- १ बाट नेकपाका यादवले पाए चुनाव जितेको प्रमाणपत्र

  • काठमाडौँ । धनुषा- १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगले धनुषा-१ को मतगणनाको परिणाम सार्बजनिक गर्न निर्देशन दिए बमोजिम निर्वाचन अधिकृतको कार्यालय धनुषाले यादवलाई विजयी घोषणा गरेर प्रमाणपत्र दिएको हो ।

    AGNI GROUP

    रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेज भएपछि धनुषा-१ मा विवाद भएको थियो । आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको विषयमा किशोरी शाह सर्वोच्चमा गएका छन् र सर्वोच्चले फागुन २९ गतेकालाई आयोगलाई छलफलमा बोलाएको छ ।

    आयोगले पछि सर्वोच्चको आदेश बमोजिम हुने भन्दै अहिलेलाई किशोरी साहको उम्मेदवारीलाई खारेजीकै अवस्थामा राखेर मतगणनाको परिणाम सार्बजनिक गर्न निर्देशन दिएको थियो । 

    धनुषा-१ मा किशोरीको उम्मेदवारी खारेज भएपनि उनकै पक्षमा धेरै मत परेको बताइएको छ ।  तर आयोगले भने १० हजार ४३० मत ल्याएर त्यसपछि शिर्ष स्थानमा रहेका यादवलाई विजयी घोषणा गर्दै प्रमाण पत्र दिएको छ । 

    योसँगै नेकपाको प्रत्यक्षतर्फ ८ सिट भएको छ ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij