Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत

पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत

  • बाजुरा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणमा आइतबार सार्वजनिक भएसँगै निर्वाचनमा उम्मेदवार बनेका पाँच जनाको धरौटी जफत भएको छ । निर्वाचनमा भाग लिएका आठ जना उम्मेदवारमध्ये पाँच जनाले ‘थ्रेस होल्ड’ कटाउन नसकेपछि उहाँहरूको जमानत जफत भएको हो ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाशबहादुर शाहको धरौटी जफत भएको छ । उहाँ सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत हुन् ।

    AGNI GROUP

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार ८६१ मतदाता रहेको छ । तीमध्ये ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएका छन् भने एक हजार ३४६ मत बदर भएका छन् । सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याए धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन आयोगको ऐनमा उल्लेख गरिएको छ ।

    शाहले ल्याएको मत परिणामअनुसार शाहले तीन हजार ४२४ मत मात्रै प्राप्त गर्नुभएको थियो । उहाँले जमानत जोगाउन निर्वाचन ऐनको प्रावधानअनुसार धरौटी (जमानत) जोगाउन चार हजार ३८९ मत ल्याउनुपर्ने थियो । शाहले प्राप्त गरेको निर्वाचन परिणामअनुसार धरौटी जफत हुने भएको छ । पूर्वमन्त्री शाहको भन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गर्दै तेस्रोमा रहेका छन् । शाहले तीन हजार ४२४ मत प्राप्त गर्दै चौथो स्थानमा रहे ।

    शाह २०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट बाजुरा प्रदेश (ख) बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा शाहले कांग्रेसका पदम शाहीलाई पराजित गरेर विजयी शाहले १८ हजार १८६ मत ल्याएको थियो भने कांग्रेसका पदम शाहीले १४ हजार ९७७ मत ल्याएका थिए ।

    शाहसँगै यहाँका पाँच जना उम्मेदवारका धरौटी जफत भएको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार भुपेन्द्र ल्वार, प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीको जमानत जफत भएको हो । जमानत जफत भएका राप्रपाका उम्मेदवार शाहीले ३५२, नेपाल कम्युनिष्ट (माओवादी) का उम्मेदवार ल्वारले २३३, प्रलोपाका उम्मेदवार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार शाहीले ७२ मत प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij