Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बंगलादेशका विदेश राज्यमन्त्रीसॅग राजदूत भण्डारीको भेटवार्ता

बंगलादेशका विदेश राज्यमन्त्रीसॅग राजदूत भण्डारीको भेटवार्ता

  • काठमाडौं । बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज बंगलादेशका परराष्ट्र राज्यमन्त्री महामहिम शमा ओबैद इस्लामसँग शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राजदूत भण्डारीले राज्यमन्त्री इस्लामलाई पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    भेटवार्ताका क्रममा नेपाल–बंगलादेश द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको थियो। विशेषगरी व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा पर्यटनलगायत क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा ध्यान केन्द्रित गरिएको नेपाली दूतावासले जनाएको छ ।

    AGNI GROUP

    दुवै पक्षबिच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij