Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

गोरखा–१ मा सुधन गुरुङले बढाए अग्रता

गोरखा–१ मा सुधन गुरुङले बढाए अग्रता

  • गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङले आफ्नो अग्रता बढाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आरुघाट गाउँपालिका–५ को मतगणना सम्पन्न हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार गुरुङले उक्त वडाबाट ३७० मत प्राप्त गरेका छन्। सोही वडाबाट नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले २६७, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले १२७ र नेकपा (एमाले) का रामचन्द्र लामिछाने (सूर्य) ले १४२ मत थपेका छन् ।

    AGNI GROUP

    यससँगै हालसम्मको कुल मतपरिणामअनुसार सुधन गुरुङले ५ हजार २४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४ हजार ८ सय ४३ मत पाएका छन् ।

    त्यसैगरी हरिराज अधिकारीले २ हजार ५ सय ५ मत प्राप्त गर्दा रामचन्द्र लामिछानेले ९ सय ५३ मत पाएका छन् । हाल गुरुङ खत्रीभन्दा १८१ मतले अगाडि रहेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij