Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

बैतडीमा रास्वपाका भण्डारी विजयी

बैतडीमा रास्वपाका भण्डारी विजयी

  • बैतडी ।  एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का हरिमोहन भण्डारी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए । त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत पाए भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत पाए ।

    AGNI GROUP

    राप्रपाका भुपेन चन्दले २६८१ मत ल्याए । अन्य उम्मेदवारले एक हजार मत पनि कटाउन सकेनन् । बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको थियो ।

    १ लाख ५६ हजार ३७२ मतदाता रहेकोमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए । यसअघि लगातार तीन पटक जीत हासिल गरेका एमालेका दामोदर भण्डारीको परिणाममा ब्रेक लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij