Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । चुनावमा नराम्रोसँग हार बेहोरेपछि नेकपा एमाले मकावानपुरका अध्यक्ष श्रीधर पोखरेलले जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपाले विजयी प्राप्त गरेपछि हारको जिम्मेवारी लिँदै उनले आइतबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरेर राजीनामा घोषणा गरेका हुन् ।
०७९ को निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले यसपटक लज्जास्पद हार बेहोरेको छ । निर्वाचनमा एमालेले देशभर भोगेको पराजयको पार्टीका शिर्ष नेताहरूले जिम्मेवारी लिनुपर्ने र समीक्षा गर्नुपर्ने उनको माग समेत रहेको छ ।
उनले भनेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन ।’
आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्ने उनको तर्क छ । पोखरेलले अब आउने युवा पुस्तालाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij