Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा डोटीमा नेकपा ९एमाले०का उमेदवार दीपकबहादुर धामीले सुरुआती अग्रता कायम गरेका छन् ।
निर्वाचन आयोगको पछिल्लो विवरणानुसार धामी एक हजार २२४ मतका साथ अगाडि छन् । दोस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार त्रिलोचन भट्टले एक हजार ७५ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उमेदवार भरतबहादुर खड्का ८२० मतका साथ तेस्रो स्थानमा छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij