Jun 06 2026 | २०८३, जेठ २३ गते
बुटवल । प्यूठानको मतगणनाको पहिलो सार्वजनिक विवरणमा एमाले नेता सूर्य थापा पाँचौँ स्थानमा देखिएका छन् । ऐरावती गाउँपालिका वडा नं १ मा गरिएको गणनामा उनी पछाडि परेका हुन् ।
एमाले नेताहरूका अनुसार यो एमालेको आधार इलाका होइन भने कांग्रेसका उम्मेदवार डा. गोविन्द पोखरेलको पालिका हो । जनमोर्चाको पनि आधार क्षेत्र भएकाले कम अंक आएको हो ।
पहिलो अपडेटअनुसार यहाँ रास्वपाका सुशान्त वैदिकले अग्रता लिएका छन् । उनले ५०५ मत ल्याउँदा कांग्रेसका गोविन्द पोखरेलले ४६६ मत पाएका छन् भने सूर्य थापाले ६९ मत मात्रै पाएका हुन् । यहाँ जनमोर्चाले १३४, नेकपाले १०८ मत ल्याएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij