Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

धादिङ–१ मा तीन वडाको मतगणना सम्पन्न

धादिङ–१ मा तीन वडाको मतगणना सम्पन्न

हालसम्म गल्छी गाउँपालिका वडा नम्बर ५, २ र ३ का मतपेटिका खोलेर मतगणना सम्पन्न गरिएको छ ।

  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    मुख्य निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार हालसम्म गल्छी गाउँपालिका वडा नम्बर ५, २ र ३ का मतपेटिका खोलेर मतगणना सम्पन्न गरिएको छ । प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम राखेको छ ।

    AGNI GROUP

    निर्वाचन अधिकृत अधिकारीका अनुसार रास्वपाकी उम्मेदवार आशिका तामाङले १ हजार ७ सय ५२ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार भूमि त्रिपाठीले १ हजार ९१ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७ सय ३२ मत पाउनुभएको छ । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद रिजालले ५३० मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिता प्रसाद आर्चायले १८, मंगोल नेशनल अर्गनाइजेसनका सुमन तामाङले ३८, उज्यालो नेपाल पार्टीका श्यामराजा पाण्डेले १५ मत प्राप्त गर्नुभएको छ ।

    निर्वाचन अधिकृत अधिकारीका अनुसार मतगणना प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।

    छ स्थानीय तह समेटिएको धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा कुल ८५ हजार ३ सय ३३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij