Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

युएईस्थित आफ्नो सैनिक आधारस्थलमा फ्रान्सले तैनाथ गर्यो लडाकु विमान राफेल

युएईस्थित आफ्नो सैनिक आधारस्थलमा फ्रान्सले तैनाथ गर्यो लडाकु विमान राफेल

  • काठमाडौँ । फ्रान्सले संयुक्त अरब इमिरेट्स (युएई) मा आफ्ना सैनिक आधारस्थलको सुरक्षाका लागि राफेल लडाकु विमान तैनाथ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    फ्रान्सका विदेश मन्त्री जा नोएल बारोका अनुसार ती विमानहरूले त्यहाँ रहेका फ्रान्सका आधारस्थलमाथि गस्ती गर्दै सुरक्षा जिम्मेवारी सम्हालेका छन् । तर ती विमानले कुनै ड्रोन वा क्षेप्यास्त्र खसालेका छन् कि छैनन् भन्ने विषयमा उनले स्पष्ट पारेनन् ।

    AGNI GROUP

    फ्रान्सले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको आलोचना गरेको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोनले उक्त कारबाही अन्तर्राष्ट्रिय कानुनको दायराभन्दा बाहिर रहेको भन्दै फ्रान्सले त्यसको समर्थन नगर्ने बताएका छन् ।

    मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै फ्रान्सले आफ्नो सैनिक उपस्थिति बढाएको छ । उसले आणविक ऊर्जाबाट चल्ने आफ्नो युद्धपोत ‘शार्ल द गॉल’ लाई भूमध्यसागर क्षेत्रमा तैनाथ गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij