Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचनको मौन अवधिमा राजनीतिक प्रचारका एसएमएस रोक्ने स्प्यारो एसएमएसको घोषणा

निर्वाचनको मौन अवधिमा राजनीतिक प्रचारका एसएमएस रोक्ने स्प्यारो एसएमएसको घोषणा

  • काठमाडौं । नेपालको अग्रणी एसएमएस सेवा प्रदायक कम्पनी ’स्प्यारो एसएमएस’ ले निर्वाचन आयोगले तोकेको ४८ घण्टे मौन अवधिमा राजनीतिक प्रचारप्रसारका सन्देशहरू पूर्ण रूपमा रोक्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले निर्वाचन आचारसंहिता र मौन अवधिको सम्मान गर्दै आफ्नो प्रणालीमार्फत हुने राजनीतिक एसएमएसलाई नियन्त्रण गर्ने व्यवस्था लागू गरेको जनाएको छ ।

    AGNI GROUP

    निर्वाचन अवधिमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण सुनिश्चित गर्न कम्पनीले विशेष ’कि–वर्ड ब्लक सिस्टम’ सञ्चालनमा ल्याएको जनाएको छ ।

    यस अटोमेटिक (स्वचालित) प्रणालीले राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन प्रचारसँग सम्बन्धित शब्द र सामग्रीहरूलाई पहिचान गरी एसएमएस प्रसारण हुनबाट रोक्नेछ । यसबाट मौन अवधिमा डिजिटल माध्यमबाट हुनसक्ने निर्वाचन आचारसंहिताको उल्लंघन रोकिने कम्पनीको विश्वास छ ।

    स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज थापाले जिम्मेवार प्रविधि सेवा प्रदायकको हैसियतले निर्वाचन आयोगको मार्गनिर्देशन पालना गर्नु आफ्नो दायित्व भएको बताए । कम्पनीले मौन अवधिको समयमा राजनीतिक प्रचारसँग सम्बन्धित सन्देशहरू मात्र अवरुद्ध गरिने स्पष्ट पारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij