Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ईरानमा अहिलेसम्म १७६ बालिकासहित ७४२ नागरिकको मृत्यु

  • काठमाडौँ । ईरानमा भएको अमेरिकी–इजरायली हवाई हमलामा मृत्यु हुनेहरूको संख्या कम्तीमा ७४२ पुगेको मानवअधिकार समूहले जनाएको छ । यसमा १७६ बालिका पनि समावेश छन् ।

    onlinepatrika
    Arghakhachi

    मानवअधिकार समुहले पछिल्ला २४ घण्टामा मात्रै ८५ नागरिक र ११ सैनिकको मृत्यु भएको छ । यसअघि ईरानी रेड क्रिसेन्ट सोसाइटीले मृतक संख्या ५५५ जनाको रिपोर्ट गरेको थियो, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

    AGNI GROUP

    यसैबीच, ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स (आइआरजिसी) ले हॉर्मुज स्ट्रेट बन्द गरेको जनाएको छ । यो मार्ग विश्वको तेल आपूर्ति लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । आइआरजिसीका अधिकारीले सरकारी टेलिभिजनमा यस बाटोमा कुनै पनि जहाजले यात्रा गर्ने प्रयास गरेमा रोक्ने र निशाना बनाउने तयारी गरिएको बताएका छन् ।

    साथै, आइआरजिसीले साउदीमा रहेको अमेरिकी दुताबास र बहरीनमा रहेको अमेरिकी एयर बेसमा हमला गरेको बताएको छ । संगठनका अनुसार, शेख ईसा क्षेत्रमा अमेरिकी बेसमा २० ड्रोन र ३ मिसाइल प्रहार गरिएको छ । यस हमलामा मुख्य भवनमा क्षति पुगेको र इन्धन ट्याङ्कहरूमा आगो लागेको दाबी गरिएको छ ।

    काठमाडौँ । ईरानमा भएको अमेरिकी–इजरायली हवाई हमलामा मृत्यु हुनेहरूको संख्या कम्तीमा ७४२ पुगेको मानवअधिकार समूहले जनाएको छ । यसमा १७६ बालिका पनि समावेश छन् ।

    मानवअधिकार समुहले पछिल्ला २४ घण्टामा मात्रै ८५ नागरिक र ११ सैनिकको मृत्यु भएको छ । यसअघि ईरानी रेड क्रिसेन्ट सोसाइटीले मृतक संख्या ५५५ जनाको रिपोर्ट गरेको थियो, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

    यसैबीच, ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स (आइआरजिसी) ले हॉर्मुज स्ट्रेट बन्द गरेको जनाएको छ । यो मार्ग विश्वको तेल आपूर्ति लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । आइआरजिसीका अधिकारीले सरकारी टेलिभिजनमा यस बाटोमा कुनै पनि जहाजले यात्रा गर्ने प्रयास गरेमा रोक्ने र निशाना बनाउने तयारी गरिएको बताएका छन् ।

    साथै, आइआरजिसीले साउदीमा रहेको अमेरिकी दुताबास र बहरीनमा रहेको अमेरिकी एयर बेसमा हमला गरेको बताएको छ । संगठनका अनुसार, शेख ईसा क्षेत्रमा अमेरिकी बेसमा २० ड्रोन र ३ मिसाइल प्रहार गरिएको छ । यस हमलामा मुख्य भवनमा क्षति पुगेको र इन्धन ट्याङ्कहरूमा आगो लागेको दाबी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij