Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता

११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता

  • काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालनको व्यवस्था गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले जारी गरेको कार्यविधिअनुसार राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका लागि लिने आर्थिक सहयोग र खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

    AGNI GROUP

    आयोगले अद्यावधिक विवरणअनुसार ११ राजनीतिक दल र एक हजार ६७० उम्मेदवारले बैंक खाता खोलेको र सम्बन्धित कार्यालयमा जानकारी गराएको जनाएको छ । यस व्यवस्थाले चुनावी खर्चको निगरानी गर्न र निर्वाचन कानुनले तोकेको खर्चको सीमा पालनामा सहयोग पुर्‍याउने आयोगको विश्वास रहेको छ ।

    यसैबीच, निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोग र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ। हालसम्म ४३ वटा राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोगमा जानकारी गराएको आयोगले जानकारी दिएको छ ।

    आयोगले यस प्रक्रियाले चुनावी प्रचारप्रसारमा पारदर्शिता बढाउने र आम्दानी-खर्चको निगरानी प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij