Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचनलाई सामान्य रूपमा नलिन प्रचण्डको आग्रह

निर्वाचनलाई सामान्य रूपमा नलिन प्रचण्डको आग्रह

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया नभई राष्ट्र र लोकतन्त्रको रक्षासँग जोडिएको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार नेकपाको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित केन्द्रित वृहत् चुनावी कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई अधिकार र उपलब्धिको संरक्षणसँग जोडिएको संघर्षका रूपमा चित्रण गरेका हुन्।

    AGNI GROUP

    उनले भने, ‘यो निर्वाचनलाई हामी कसैले पनि सामान्य रूपमा लिनुहुँदैन। यो राष्ट्र, लोकतन्त्र र गणतन्त्र बचाउने तथा लामो संघर्षबाट प्राप्त महिलाका, दलितका, आदिवासी जनजातिका, मधेशी, मुस्लिम, थारु, मजदुर र किसानका अधिकारहरूको रक्षा गर्ने विषयसँग जोडिएको छ।’

    प्रचण्डले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णय अधिकारको संरक्षणसँग सम्बन्धित ‘जीवन–मरणको संघर्ष’ को संज्ञा दिँदै पार्टी कार्यकर्तालाई सक्रियताका साथ चुनावी अभियानमा जुट्न आग्रह गरे।

    ‘यो निर्वाचन राष्ट्रको स्वाधिनता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्नको लागि जीवन मरणको संघर्षको रुपमा अगाडि आएको छ,’ उनले भने।

    उनले संविधानको रक्षा, राष्ट्रको स्वाधिनता र जनताको अधिकारको रक्षाका लागि नेकपा गठनको प्रक्रिया अघि बढाएको बताए।
    ‘अहिले साना ठुलागरि दुई दर्जन पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ, यो राष्ट्रलाई एकतावद्ध गर्न राष्ट्रको स्वाधिनता जनताको अधिकारको रक्षाका लागि नेकपा गठनको पहल गरेका हौँ’, उनले भने।

    प्रचण्डले नेकपा मात्र देशभर एकतावद्ध रुपले निर्वाचनको महाअभियानामा अगाडी बढेको र अन्य पुराना पार्टी अप्ठ्यारो परिस्थितीमा रहेको उल्लेख गर्दै अरु पार्टी रक्षात्मक रुपमा र नेकपा आक्रमक ढङगले अगाडी बढेको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij