Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मेयरले नै आचारसंहित उल्लघंन गरेको उपमेयरको आरोप

मेयरले नै आचारसंहित उल्लघंन गरेको उपमेयरको आरोप

  • सिराहा । लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतोले मेयर महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन् । उपमेयर महतोका अनुसार मेयर चौधरीले कानुनको धज्जी उडाउने काम गरिरहेको बताउँदै आचारसंहिता केवल कागजमै सीमित भएको टिप्पणी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले दल र उम्मेदवारहरूले खुलेआम आचारसंहिता उल्लङ्घन गरिरहेको उल्लेख गर्दै निर्वाचनको समयमा मात्र नियम सम्झने र जितेपछि बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको बताएका छन् ।

    AGNI GROUP

    ‘जब आफ्नै हस्ताक्षर गरेर बनाएको नियम नै पालना गर्न सकिँदैन भने भोलि कानुन बनाउने जिम्मेवारीमा पुगेपछि कस्तो उत्तरदायित्व देखिन्छ ?’ उनले प्रश्न उठाए ।

    उपमेयर महतोले आचारसंहितालाई कमजोर बनाउने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिएका छन् । लोकतन्त्रको आधार नै विधि र नियमको पालना भएको उल्लेख गर्दै उनले सबै पक्षलाई कानुनको सम्मान गर्न आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij