Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनले यहाँ नेकपाकी उम्मेदवार बिना मगरलाई सघाउने घोषणा गरेका हुन् ।
शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन् । शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए ।
गत १० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले त्यसको तीन दिनपछि नै पार्टी परित्याग गरी नेकपा रोजेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij