Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

राप्रपाको सहायक महामन्त्री छाडेका शाह रास्वपा प्रवेश, पाए जिम्मेवारी

राप्रपाको सहायक महामन्त्री छाडेका शाह रास्वपा प्रवेश, पाए जिम्मेवारी

  • काठमाडौँ । राप्रपाको सहायक महामन्त्री पद छाडेका सौरेन्द्र बहादुर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । चुनावी माहौल बढिरहेकै बेला उनी रास्वपा प्रवेश गरेर पार्टीको प्रचार प्रसारमा जुटेका छन् । 

    onlinepatrika
    Arghakhachi

    पार्टी प्रवेशसँगै उनलाई रास्वपाले जिम्मेवारी समेत दिइसकेको छ । उनलाई पार्टी उपसभापति डीपी अर्याल मातहतको  संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी जिम्मेवारी दिइएको हो।  

    AGNI GROUP

    उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाले जिम्मेवारी दिएको जानकारी गराउँदै लेखेका छन्, ‘पार्टीको उपसभापति डीपी अर्यालजी संयोजक रहेको संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी मलाई जिम्मेवारी दिएकोमा पार्टीलाई धन्यवाद ।’

    उनले पार्टीप्रति पूर्णरुपले इमानदार र शिरमा देश राखेर आफ्नो कार्य सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले माघ अन्तिम साता राप्रपा परित्याग गरेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij