Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रौतहटको कर्फ्यू आदेश हटाइयो

रौतहटको कर्फ्यू आदेश हटाइयो

  • काठमाडौँ । रौतहट जिल्लाको गौर क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि कर्फ्यू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि मिति २०८२ फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो । कर्फ्यू आदेशअनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको थियो ।

    AGNI GROUP

    प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको उक्त आदेश जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले हटाउने निर्णय गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij