Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पीएसलाई जिताउन प्रवासमा समिति गठन

पीएसलाई जिताउन प्रवासमा समिति गठन

  • काठमाडौँ । प्रवासमा बस्दै आएका लमजुङेको भेलाले एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ जिताउन अभियान थालेका छ्न् । लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार रहेका गुरुङको प्रचारप्रसार अभियानका लागि प्रभुराम थापाको नेतृत्वमा १११ सदस्यीय समिति बनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    भर्चुअल भेलाले अमेरिकामा रहेका प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी उपसचिव प्रभुराम थापाको नेतृत्वमा गुरुङलाई विजयी गराउन सहयोग कमिटी बनाउनुको साथै ५ वटै माहदेश संयोजक र सचिवालय गठन गरेको छ ।

    AGNI GROUP

    जसमा अमेरिका संयोजक बिन घले, युरोप संयोजक गोविन्दराज पान्डेय, ओसियाना संयोजक आत्माराम खनाल, पूर्वी एसिया संयोजक सत्य घले र मध्यपूर्व संयोजकमा बाबुराम सापकोटालाई तोकिएको छ । २५ सदस्यीय सचिवालय समिति पनि निर्माण गरिएको छ ।

    भर्चुअल भेलामा नेता गुरुङ, संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चकम निवर्तमान अध्यक्ष संजय थापा, नेकपा एमाले लमजुङ जिल्ला कमिटी अध्यक्ष राजकुमार बिष्ट लगाायतको सहभागिता थियो ।

    गुरुङले स्थानीय तथा केन्द्रीय एजेन्डामा काम गर्न आफू २०४३ सालदेखि सक्रिय रहेको बताएका थिए । लमजुङलाई देशकै नमूना जिल्ला बनाएर विदेशिएका नेपाली घर फर्किँदा गौरव गर्न लायक बनाउने संकल्प गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij