Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चन्द्रमामा एआई स्याटेलाइट कारखाना बनाउने मस्कको योजना

चन्द्रमामा एआई स्याटेलाइट कारखाना बनाउने मस्कको योजना

  • काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा एआई स्याटेलाइट उत्पादन गर्ने कारखाना स्थापना गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । कम्पनीको आन्तरिक बैठकको करिब ४५ मिनेट लामो भिडियो सार्वजनिक गर्दै उनले पृथ्वीको सीमित ऊर्जा स्रोतबाट बाहिर निस्केर सूर्यको प्रत्यक्ष ऊर्जा उपयोग गर्ने दीर्घकालीन लक्ष्यबारे जानकारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मस्कका अनुसार चन्द्रमाको कम गुरुत्वाकर्षणको फाइदा उठाउँदै त्यहाँबाट लाखौँ एआई स्याटेलाइट अन्तरिक्षमा पठाइनेछ । ती स्याटेलाइटमा जडान गरिएका विशाल सौर्य प्यानलले सूर्यको असीम ऊर्जा संकलन गर्नेछन्, जसलाई प्रारम्भमा अन्तरिक्षस्थित डेटा सेन्टर सञ्चालनमा प्रयोग गरिनेछ ।

    AGNI GROUP

    उनले मानव सभ्यताले पृथ्वीको सम्भावित ऊर्जाको करिब १ प्रतिशत मात्र प्रयोग गरिरहेको उल्लेख गर्दै सूर्यको सानो अंश ऊर्जा उपयोग गर्न सके वर्तमान प्रयोगभन्दा लाखौँ गुणा बढी शक्ति उपलब्ध हुने दाबी गरेका छन् ।

    मस्कले स्पेसएक्सको सहयोगमा पृथ्वी कक्षामा वार्षिक १०० देखि २०० गिगावाट क्षमताका डेटा सेन्टर पठाउने योजना रहेको बताए। एक टेरावाटभन्दा माथि ऊर्जा प्राप्त गर्न भने चन्द्रमामा 'मास ड्राइभर' प्रणाली जडान गरी स्याटेलाइट सिधै गहिरो अन्तरिक्षमा प्रक्षेपण गरिने उनले बताए ।

    उनको दीर्घकालीन लक्ष्य सूर्य वरिपरि ऊर्जा संकलन गर्ने संरचना निर्माण गरी सौर्यमण्डलका विभिन्न ग्रहमा मानव बस्ती बसाल्ने रहेको छ ।

    यस्तै, मस्कले कम्पनीको संरचनामा परिवर्तन गर्दै संस्थापक टोलीका १२ मध्ये ६ सदस्य हटाइएको जानकारी पनि दिएका छन् । कम्पनीलाई ग्रोक च्याटबोट, कोडिङ, भिडियो जेनेरेसन र 'म्याक्रोहार्ड' डिजिटल सिमुलेसन परियोजनामा विभाजन गरिएको छ, जसको लक्ष्य एआईमार्फत जटिल मेसिन र रकेट इन्जिन डिजाइन गर्नु रहेको छ ।

    उनले निकट भविष्यमा एआईले आफैं प्रोग्राम लेख्ने तथा १०–२० मिनेटसम्मका भिडियो स्वतः निर्माण गर्न सक्ने दाबी गरे । साथै एक्सएआईले सञ्चालन गरेको विशाल सुपरकम्प्युटर क्लस्टरमार्फत ग्रोकको उन्नत संस्करण प्रशिक्षण भइरहेको पनि बताए ।

    प्रविधि विज्ञहरूले भने यस्तो परियोजना सफल भए ऊर्जा, अन्तरिक्ष उद्योग र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा ठूलो परिवर्तन आउन सक्ने, तर यसको व्यवहारिकता अझै परीक्षणको विषय रहेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij